३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा


२९ माघ २०८२, बिहिबार  

42
Shares

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ।

पहिलो पटक युरोपेली छनोट पार गरेर विश्वकपमा पुगेको इटालीले पहिलो सहभागितामै ऐतिहासिक जित हात पारेको हो। यसअघि पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हारेको इटालीले नेपालविरुद्ध उत्कृष्ट पुनरागमन गर्‍यो। नेपाल र इटालीबीच टी–२० मा यो पहिलो भेट थियो।

उक्त भेटमै इटालीले प्रभावशाली जित निकाल्दै एकदिवसीय क्रिकेटमा बेहोरेका हारको बदला समेत लिएको छ। लगातार दोस्रो हारपछि नेपालको सुपर–८ पुग्ने सम्भावना निकै कमजोर बनेको छ। नेपाल अब आइतबार दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल स्कटल्यान्डसँग हुनेछ।

पहिलो खेलमा भने नेपाल इंग्ल्यान्डसँग केवल ४ रनले पराजित भएको थियो। मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा अलआउट हुँदै १२३ रनमा सीमित रह्यो। जवाफमा इटालीले १२.४ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य भेट्टायो। नेपाली बलरहरूले विकेट निकाल्न नसक्दा खेल एकतर्फी बनेको थियो।

इटालीको जितमा जस्टिन र एन्थोनी मोस्का दाजुभाइ चम्किए। उनीहरूले पहिलो विकेटका लागि १२४ रनको अविजित साझेदारी गरे। जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्कासहित ६० रन बनाए भने एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्काको मद्दतले ६२ रन जोडे।

कप्तान रोहितकुमार पौडेलले ६ जना बलर प्रयोग गरे पनि विकेट लिन सकेनन्।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ६ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि