काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ।
मुम्बईस्थित वाङखडे स्टेडियममा टस जितेर इटालीले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। इङ्ल्यान्डसँग माघ २५ गते ४ र रनले पराजित भएको टोलीमा आज एक परिवर्तन गरिएको छ। शेर मल्लको ठाउँमा ललित राजवंशीले मौका पाएका छन् ।
दोस्रो पटक विश्वकप टोलीमा रहेका ललितले विश्वकपमा खेल्न लागेको यो पहिलो खेल हो ।







प्रतिक्रिया