१० श्रावण २०८३, आइतबार । July 27, 2026

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


१९ माघ २०८२, सोमबार  

69
Shares

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा क्याम्पस, योगिकुटीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८२/१०/१८ गते सम्पन्न उक्त कार्यक्रममा सिटिजन्स बैंक कालिकानगर शाखाका शाखा प्रमुख फर्सुराम न्यौपानेले वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पार्दै व्यक्तिगत सम्पत्ति सुदृढीकरणका उपाय, डिजिटल ठगी तथा विभिन्न किसिमका वित्तीय स्क्यामबाट हुने जोखिम र तिनबाट बच्ने उपायबारे सहभागीहरूलाई जानकारी गराएका थिए।

साथै, बैंकले जेन–जी युवाहरूलाई लक्षित गरी हालै ल्याएको नयाँ तथा आकर्षक (Gen-Z Saving Account) का विशेषताबारे समेत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा बैंकका कर्जा विभागका कर्मचारी धुर्ब खनालले डिम्याट (Demat) खाता तथा C-ASBA सम्बन्धी आवश्यक जानकारी प्रस्तुत गरेका थिए कार्यक्रमको व्यवस्थापन सिटिजन्स बैंक कालिकानगर शाखाका DRO रवि काफ्लेले गरेका थिए ।

समापन सत्रमा तिलोत्तमा क्याम्पसका क्याम्पस प्रमुख तुल्सी सापकोटा वित्तीय साक्षरताले विद्यार्थी तथा युवाहरूलाई जिम्मेवार वित्तीय निर्णय लिन सहयोग गर्ने उल्लेख गर्दै आगामी दिनहरूमा पनि बैंकले यस्ता वित्तीय सचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १२ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर