काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८ गते नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा आशिक कार्कीले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
इक्यानको बर्तमान कार्यसमितिमा कोषाध्यक्षको भूमिका निर्वाह गरिरहेका कार्कीले “इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ१” भन्ने मुला नारासहित संस्थालाई थप गतिशिल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोषाध्यक्षको रूपमा काम गर्दैगर्दा इक्यानलाई आर्थिक तथा व्यवस्थापकीय रूपमा कर्पोरेट उचाइतर्फ उन्मुख गराउन सफल भएको उल्लेख गर्दै कार्कीले अब संस्थाको प्रशासनिक र रणनीतिक कार्यलाई अझ सुदृढ बनाउन सचिव पदमा आफुले उम्मेदवारी दिएको बताए ।







प्रतिक्रिया