काठमाडौं । मलेसियाविरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पराजय भोगेको छ । मलेसियामा आइतबार सम्पन्न खेलमा नेपाल १३ रनले मलेसियासँग पराजित भएको हो ।
पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा मध्यम लक्ष्यका रूपमा १२१ रनको योगफल तयार पारेको थियो । जवाफमा नेपालले २० ओभरमै ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो ।
यस जीतसँगै मलेसियाले तीन खेलको टी–२० सिरिजमा २–१ को अग्रता बनाएको छ । पहिलो खेलमा पनि मलेसियाले नेपाललाई ३ रनले पराजित गरेको थियो भने दोस्रो खेल नेपालले जितेको थियो ।
नेपालका लागि ब्याटिङतर्फ कुनै पनि खेलाडीले ठूलो पारी खेल्न सकेनन्, जसका कारण टोली लक्ष्य नजिक पुगेर पनि हार बेहोर्न बाध्य भयो ।







प्रतिक्रिया