७ चैत्र २०८२, शनिबार । March 21, 2026

मधेशका जिल्लामा अत्यधिक वर्षा,रौतहटमा सबैभन्दा बढी


१८ आश्विन २०८२, शनिबार  

15
Shares

काठमाडौं। बागमती र मधेश प्रदेशका विभिन्न क्षेत्रमा भएको अविरल वर्षाले जलस्तर खतराको सीमा पार गरेको छ।

आज अपराह्न ४ बजेसम्मको रेकर्डअनुसार १० वटा स्थानमा वर्षाको मात्रा जोखिम स्तरमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्ला २४ घण्टामा सबैभन्दा धेरै वर्षा रौतहट जिल्लाको महेशपुरमा मापन गरिएको छ, जहाँ २७० मिलिमिटर वर्षा भएको छ। त्यस्तै गौरमा २४३.६ मिलिमिटर वर्षा भएको छ।

यसपछि पर्सा जिल्लामा उल्लेख्य वर्षा भएको छ। पर्साको मुडलीमा २३१.८ मिलिमिटर र वीरगञ्जमा २२१.६ मिलिमिटर वर्षा रेकर्ड भएको विभागले जनाएको छ। बारामा कलैयामा २१०.६ मिलिमिटर र निजगढमा १५७.८ मिलिमिटर पानी परेको छ भने रौतहटकै गरुडामा १९१.८ मिलिमिटर वर्षा भएको छ।

मौसमविद्हरूले आज राति पनि थप वर्षा हुने पूर्वानुमान गरेका छन्। उनीहरूले असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ५ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो