काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान र अवतरण अस्थायी रूपमा स्थगित गरिएको छ।
उडान रोकिनुका कारण आन्तरिक टर्मिनलमा यात्रुहरूको भीड देखिएको छ भने कतिपय एयरलाइन्सहरूले यात्रुहरूलाई टिकट क्यान्सिल गरिदिइरहेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म वर्षा भइरहेको छ। आगामी घण्टामा पानीको मात्रा थप बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै, केही प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान रहेकाले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।







प्रतिक्रिया