५ आश्विन २०८३, सोमबार । September 22, 2026

सहमति जुट्यो ! सुशीला कार्की अन्तरिम सरकारको प्रमुख, आजै शपथ


२७ भदौ २०८२, शुक्रबार  

15
Shares

काठमाडौं । नेपालकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुखको रूपमा नियुक्त गर्ने सहमति जुटेको छ। सहमति बनेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने तयारी गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीले साँझ ९ बजे शपथग्रहण गर्नेछिन्।

यसअघि नयाँ सरकार गठनसम्बन्धी छलफलका लागि सुशीला कार्की, जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल शीतलनिवास पुगेका थिए।

यद्यपि अन्तरिम सरकारको नेतृत्व कार्कीले गर्ने सहमति भए पनि संसद् विघटनको विषयमा भने सर्वसम्मति बन्न सकेको छैन। पोखरेलका अनुसार, यसबारे औपचारिक जानकारी कार्कीको नियुक्तिसँगै सार्वजनिक गरिनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको तीव्र दबाबपछि मंगलबार पदबाट राजीनामा दिएका थिए। असामान्य राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले सोही दिन ओलीको राजीनामा स्वीकृत गरेका थिए।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा