२२ माघ २०८२, बुधबार । February 4, 2026

आजको मौसमः यी दुई प्रदेशमा भारी वर्षा, सतर्क रहन आग्रह



काठमाडौं । नेपालमा मनसुन हाल केही कमजोर देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरकिएको कारण वर्षा सामान्य भन्दा कम भएको हो। यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गर्न थालेकाले देशभर बदली बढ्दै गएको छ। हाल देशभर सामान्यतया बदली छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका तराई तथा पहाडी भूभागमा, साथै बाँकी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ।

कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ। आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशसँगै अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली मात्र हुनेछ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने सम्भावना छ।

विशेषगरी कोशी प्रदेशका तराई र पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल