१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

देशभर मनसुन सक्रिय, सातै प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसम अहिले सामान्यतया बदली छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेकाले आगामी दुई दिनसम्म यसको प्रभाव अझ बढ्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ। कोशी प्रदेशका केही भागमा भारी वर्षा समेत मापन भएको छ।

आज दिउँसो देशभर आकाश पूर्ण रूपमा बादलले ढाकिनेछ। अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा अत्यधिक भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा सामान्य बदली हुनेछ। यी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेशका केही भागमा भारीदेखि अत्यधिक भारी वर्षा र लुम्बिनी, गण्डकी तथा कर्णालीका पहाडी भूभागमा भारी वर्षा हुने चेतावनी दिइएको छ।

मनसुन सक्रिय भइसकेकाले सातै प्रदेशमा वर्षा बढ्ने सम्भावना उच्च रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको