काठमाडौं । देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकाले हाल अधिकांश भू-भागमा आंशिकदेखि पूर्ण बदलीको अवस्था छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, साथै अन्य प्रदेशका छिटफुट क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी क्षेत्रमा व्यापक रूपमा वर्षा हुने सम्भावना छ। मधेस प्रदेश र अन्य तराई भू-भागका केही स्थानमा पनि मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षा हुने स्थानमा जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी अपडेटमा ध्यान दिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ।







प्रतिक्रिया