काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहँदा देशको मौसममा परिवर्तन देखिएको छ।
बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्यतया बदली छ भने बाँकी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था कायम छ। बागमतीका केही स्थान र कोशी, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ। मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही ठाउँमा समेत मध्यम वर्षा मापन भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिनभर देशभर सामान्यतया बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा मधेससहितका तराई र पहाडी क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा हुने अपेक्षा गरिएको छ।
आज राति पनि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।







प्रतिक्रिया