२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

एनपीएल अक्सनः सूर्य तामाङ विराटनगर किङ्समा अनुबन्धित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा डिफेन्डर सूर्य तामाङ विराटनगर किङ्सबाट मैदानमा उत्रिने भएका छन्।

शनिबार काठमाडौंमा सम्पन्न मिनी अक्सनमार्फत विराटनगरले उनलाई आफ्नो टोलीमा भित्र्याएको हो। ‘बी’ श्रेणीमा सूचीकृत तामाङका लागि क्लबले अधिकतम रकम १० लाख रूपैयाँ खर्च गरेको छ। यस श्रेणीमा खेलाडीहरूको मूल्य सीमा न्यूनतम पाँच लाखदेखि अधिकतम १० लाख रूपैयाँसम्म निर्धारण गरिएको छ।

यस पटकको अक्सनमा सहभागी टिमहरूमा साविक विजेता जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज, साविक उपविजेता सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, विराटनगर किङ्स र पोखरा एभेन्जर्स रहेका थिए।

एनपीएलमा खेलाडी मूल्य निर्धारण तीन श्रेणीमा विभाजन गरिएको छ — ‘ए’ श्रेणीका लागि १० देखि १५ लाख, ‘बी’ श्रेणीका लागि पाँचदेखि १० लाख, र ‘सी’ श्रेणीका लागि दुईदेखि पाँच लाख रूपैयाँसम्मको सीमा तय गरिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको