६ चैत्र २०८२, शुक्रबार । March 21, 2026

लायन्स क्लब्स इन्टरनेशनल जिल्ला ३२५–आरको प्रथम क्याबिनेट बैठक तथा पदस्थापन समारोह सम्पन्न


१९ श्रावण २०८२, सोमबार  

435
Shares

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल जिल्ला ३२५–आरको प्रथम क्याबिनेट बैठक तथा जिल्लास्तरीय पदाधिकारीहरूको पदस्थापन समारोह गत शनिबार काठमाडौँमा भव्य, मर्यादित र प्रेरणादायी रूपमा सम्पन्न भएको छ।

कार्यक्रम लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५–आरका गर्भनर लायन नवराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा PID Lion सञ्जय खेतान प्रमुख अतिथिका रूपमा उपस्थित थियो। त्यस्तै गरी, LCIF एरिया लिडर ID endorse Lion राजन लम्साल, GAT एरिया लिडर Lion शम्भु घिमिरे, मल्टिपल काउन्सिल चेयरपर्सन Lion मिलन थापा, तथा अतिथि गर्भनरहरू–लायन बबरजंग थापा, लायन रबिन्द्र बहादुर प्रधान र लायन केशर बहादुर भण्डारी विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा निबर्तमान गर्भनर लायन दिननाथ न्यौपाने, 1st VDG Lion प्रभाकर पण्डित, 2nd VDG Lion दिपेन्द्र खतिवडा, पूर्व गर्भनरहरू लायन सिद्धार्थ लाल चुके, लायन आर.एस. महतो र लायन रामप्रसाद भट्टको उपस्थिति थियो। त्यस्तै गरी, क्याबिनेटका सचिव डा.लायन गंगा सापकोटा, कोषाध्यक्ष लायन विकास पौडेल, साथै वरिष्ठ पदाधिकारीहरू, सबै छ वटा क्लस्टरका प्रमुखहरू, क्षेत्रीय तथा क्षेत्राधिकार अध्यक्षहरू, क्लब अध्यक्षहरू लगायत सम्पूर्ण जिल्ला पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा जिल्ला गर्भनर लायन नवराज सापकोटाले हालै गठन भएका २२ वटा नयाँ क्लबहरूको झण्डा अनावरण गरेका थिए । नयाँ क्लबहरूको स्थापनाले जिल्ला ३२५–आर मा सेवा कार्यको दायरा विस्तार हुनुका साथै संगठनमा नयाँ ऊर्जा थपिएको स्पष्ट संकेत दिएको थियो।

यो भव्य समारोह क्लस्टर १ को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको संयोजन, व्यवस्थापन र सफल सञ्चालनको नेतृत्व विभाग संयोजक लायन जगन्नाथ पुडासैनी र क्लस्टर १ का प्रमुख लायन रमेश कुमार पुडासैनीले गरेका थिए। उनीहरूको समर्पण र नेतृत्वका कारण कार्यक्रम प्रभावकारी, अनुशासित र प्रेरणादायी रूपमा सम्पन्न भएको सहभागीहरूले बताए।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भनेको उत्कृष्ट कार्य सम्पादन गर्ने क्लब र पदाधिकारीहरूलाई विभिन्न श्रेणीमा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। जिल्लाका गर्भनर लायन सापकोटाले सेवा कार्य, सहभागिता र नेतृत्वमा उल्लेखनीय योगदान गर्ने क्लब, क्षेत्र, जोन तथा अफिसरहरूलाई प्रमाणपत्र र सम्मान प्रदान गर्नुभएको थियो। यसले लायन्स संस्थाको मूल उद्देश्य अनुरूप सेवा कार्यमा समर्पित भई अग्रसर हुने प्रेरणा प्रदान गरेको थियो।

त्यस्तै गरी, आयोजक क्लस्टर १ ले कार्यक्रममा उत्कृष्ट सहभागिता तथा दर्ता संख्यामा अग्रता लिने क्लब तथा इकाइहरूलाई उच्चतम दर्ता क्लस्टर , उच्चतम दर्ता रिजन , उच्चतम दर्ता जोन तथा सत प्रतिशत सदस्य दर्ता पुरस्कार प्रदान गरेको थियो। यी पुरस्कारहरूले सहभागीहरूमा उत्साह थपेको मात्र होइन, आगामी कार्यक्रममा अझ प्रभावकारी सहभागिता जनाउने प्रेरणा पनि प्रदान गरेको थियो।

समापनमा लायन्स क्लब्स इन्टरनेशनल जिल्ला ३२५–आरको तर्फबाट आयोजक क्लस्टर १ का सम्पूर्ण लायन साथीहरू, संयोजक टोली, सहभागी पदाधिकारीहरू, क्लब अध्यक्षहरू तथा सम्पूर्ण सदस्यहरूलाई समर्पण, सहकार्य र सक्रिय सहभागिताका लागि आभार तथा धन्यवाद प्रकट गरिएको थियो।

यिनै समर्पित प्रयासहरूको कारण यो ऐतिहासिक कार्यक्रम सफल, स्मरणीय र उदाहरणीय बन्न सकेको लायन्स सूचना केन्द्र, जिल्ला ३२५–आरले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो