२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

मनसुनको प्रभाव कायमै, देशका पहाडी क्षेत्रमा भारी वर्षा



काठमाडौं । देशभर हाल सक्रिय रहेको मनसुन प्रणालीको प्रभाव अझै कायम रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा देशको पश्चिमी भू–भागमा सरदर स्थानमा तथा पूर्वी भू–भागमा सामान्यतया उत्तरतर्फ सरेको छ, जसले गर्दा मौसममा बदली र वर्षाको सम्भावना देखिएको हो। आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

साथै, ती क्षेत्रका केही स्थानमा भारी वर्षाको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ। रातिको समयमा पनि लुम्बिनी प्रदेशसहित अधिकांश पहाडी भागमा सामान्य बदली रहन सक्नेछ भने तराईका केही भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। यस्तै, केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ।

यद्यपि, पछिल्ला दिनदेखि पानी नपरेको सुक्खाग्रस्त मधेश प्रदेशमा भने आज पनि वर्षाको खास संभावना छैन। जल तथा मौसम विज्ञहरूले पहाडी र तराई क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएका छन्।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको