४ असार २०८३, बिहिबार । June 18, 2026

मनसुनको प्रभाव कायमै, देशका पहाडी क्षेत्रमा भारी वर्षा


१३ श्रावण २०८२, मंगलबार  

36
Shares

काठमाडौं । देशभर हाल सक्रिय रहेको मनसुन प्रणालीको प्रभाव अझै कायम रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा देशको पश्चिमी भू–भागमा सरदर स्थानमा तथा पूर्वी भू–भागमा सामान्यतया उत्तरतर्फ सरेको छ, जसले गर्दा मौसममा बदली र वर्षाको सम्भावना देखिएको हो। आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

साथै, ती क्षेत्रका केही स्थानमा भारी वर्षाको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ। रातिको समयमा पनि लुम्बिनी प्रदेशसहित अधिकांश पहाडी भागमा सामान्य बदली रहन सक्नेछ भने तराईका केही भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। यस्तै, केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ।

यद्यपि, पछिल्ला दिनदेखि पानी नपरेको सुक्खाग्रस्त मधेश प्रदेशमा भने आज पनि वर्षाको खास संभावना छैन। जल तथा मौसम विज्ञहरूले पहाडी र तराई क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएका छन्।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा