२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

देशभर मनसुनी प्रभावः काठमाडौंसहित विभिन्न स्थानमा भारी बर्षा


१२ श्रावण २०८२, सोमबार  

72
Shares

काठमाडौं । हाल नेपालभर मनसुन सक्रिय अवस्थामा रहेको छ। मनसुनजन्य न्यून चापीय रेखा सरदर स्थान नजिकै रहेकाले अधिकांश भागमा मौसम बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा र तराईका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रहरूमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि गण्डकी प्रदेश लगायतका पहाडी तथा केही तराई भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहँदा, एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ।

मौसम विभागले सर्वसाधारण र सम्बन्धित निकायहरूलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन र पछिल्ला अपडेटहरू नियमित रूपमा अवलोकन गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट