२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

देशभर मनसुनी प्रभावः काठमाडौंसहित विभिन्न स्थानमा भारी बर्षा



काठमाडौं । हाल नेपालभर मनसुन सक्रिय अवस्थामा रहेको छ। मनसुनजन्य न्यून चापीय रेखा सरदर स्थान नजिकै रहेकाले अधिकांश भागमा मौसम बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा र तराईका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रहरूमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि गण्डकी प्रदेश लगायतका पहाडी तथा केही तराई भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहँदा, एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ।

मौसम विभागले सर्वसाधारण र सम्बन्धित निकायहरूलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन र पछिल्ला अपडेटहरू नियमित रूपमा अवलोकन गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको