२२ माघ २०८२, बुधबार । February 4, 2026

एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलन २०२५ मा नेपाललाई ६ पुरस्कार



काठमाडौं । ताइवानको चुङ युआन क्रिस्चियन विश्वविद्यालयमा सम्पन्न युवा वैज्ञानिकहरूको एसिया प्यासिफिक सम्मेलन २०२५ मा नेपालका उच्च माध्यमिक तहका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।

११ राष्ट्रका प्रतिस्पर्धीबीच सम्पन्न यस सम्मेलनमा टोली नेपालले ६ वटा पुरस्कार जित्न सफल भएको हो। जीवन विज्ञान विधामा अर्बना स्कूल अफ साइन्स, पुतलीसडकका दीपा बम र श्रीजन ढकालले स्वर्ण पदकसहित उत्कृष्ट पोस्टर पुरस्कार प्राप्त गरे। त्यस्तै, वातावरण विज्ञान विधामा सेन्ट लरेन्स कलेज, चाबहिलका निलिमा सुवेदी र गणेश जोतीले रजत पदक र उत्कृष्ट पोस्टर पुरस्कार जिते।

उही कलेजका कुशल दंगलले जीवन विज्ञान विधामै कांस्य पदक प्राप्त गरे भने बाल वातावरण विद्यालय, झापाका पल्पाशा श्रेष्ठ र पल लिम्बूले वातावरण विज्ञान विधामा विशेष पोस्टर पुरस्कार प्राप्त गरे। यी सहभागीहरू युनिग्लोब माध्यमिक विद्यालय, कमलादीको सहकार्यमा नेपाल पोलिमर इन्स्टिच्युटद्वारा आयोजित नवौं युवा वैज्ञानिक सम्मेलनमार्फत राष्ट्रिय स्तरको प्रतिस्पर्धाबाट छनोट भएका थिए।

सम्मेलनले नेपाली विद्यार्थीहरूको वैज्ञानिक अनुसन्धानमा बढ्दो रुचि र अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको प्रतिभा उजागर गरेको आयोजक संस्थाहरूले जनाएका छन्।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल