७ चैत्र २०८२, शनिबार । March 21, 2026

आजको मौसमः यी चार प्रदेशमा भने भारी वर्षा


८ श्रावण २०८२, बिहिबार  

48
Shares

काठमाडौं । हाल देशभर मनसुनको प्रभाव सामान्यभन्दा कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सक्रिय गराउने न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेको हुँदा देशभर व्यापक वर्षा नभएको महाशाखाले स्पष्ट पारेको छ। यसको प्रभावस्वरूप हाल कोशी, बागमती र गण्डकीलगायत अधिकांश पहाडी क्षेत्रहरूमा सामान्य बदली छ भने अन्य प्रदेशहरूमा आंशिक बदली मात्र रहेको छ। बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदली रहने सम्भावना छ। ती पहाडी प्रदेशका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।

आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागमा भारी वर्षाको जोखिम रहेकोले महाशाखाले सम्भावित बाढी, पहिरो र अन्य जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ११ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो