४ असार २०८३, बिहिबार । June 18, 2026

स्पेस फोरके टेलिभिजनको सीईओमा पुष्पराज गिरी नियुक्त, अनुभवलाई व्यवहारमा उतार्ने प्रतिबद्धता


६ श्रावण २०८२, मंगलबार  

15
Shares

काठमाडौं । स्पेस फोरके टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्पराज गिरी नियुक्त भएका छन्।

मिडिया प्रशासनमा एक दशकभन्दा बढी समय नेतृत्वदायी भूमिका निर्वाह गरेका गिरीलाई सोमबार एक कार्यक्रमका बीच औपचारिक रूपमा स्वागत गर्दै टेलिभिजनको सीईओ पदमा जिम्मेवारी दिइएको हो। कार्यक्रममा स्पेस फोरके टेलिभिजनका अध्यक्ष डा.दिनेशकुमार शाही र कार्यकारी निर्देशक बाबुराम भुसालले गिरीलाई औपचारिक रूपमा स्वागत गरेका थिए।

कार्यकारी निर्देशक भुसालले प्रतिस्पर्धी मिडिया बजारमा नविनतम सोचका साथ अघि बढ्दै स्पेस फोरकेलाई कोसेढुङ्गा सावित हुने गरी अगाडि बढाउने प्रतिबद्धता जनाए। नवनियुक्त सीईओ गिरीले मिडिया क्षेत्रको आफ्नो लामो अनुभवलाई व्यवहारमा उतार्दै प्रभावकारी ढंगमा सञ्चारगृह सञ्चालन गर्ने बताए। उनले टीमवर्क र डिजिटल प्रविधिलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने स्पष्ट पारे।

अध्यक्ष डा.शाहीले मिडियाप्रतिको आम नागरिकको दृष्टिकोण नै बदल्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै, नयाँ भिजन र मिसनसहित परिणाममुखी कामका लागि सबैको सक्रिय भूमिका रहने बताए।

गिरीसँग दुई कार्यकाल गरी कान्तिपुर मिडिया ग्रुपमा आठ वर्षको अनुभव छ। त्यस्तै, उनले ग्यालेक्सी मिडिया ग्रुपलगायत अन्य मिडिया हाउसहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा