२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड


५ श्रावण २०८२, सोमबार  

24
Shares

भर्जिनिया (अमेरिका) । नेपाली मिडियामा उल्लेखनीय योगदान पुर्‍याउँदै देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन भूमिका खेलेका अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड प्रदान गरिने भएको छ।

अमेरिकाको प्रतिष्ठित कम्पनी बाईस्ट्रिम्स एलएलसीले बस्नेतलाई यो वर्षको मिडिया लिडरको रूपमा सम्मानित गर्ने घोषणा गरेको हो। कम्पनीका अध्यक्ष एड्रियन पोखरेलले एक भिडियो सन्देशमार्फत यो घोषणा सार्वजनिक गरेका हुन्, जुन कम्पनीको आधिकारिक फेसबुक पेज र ‘नमस्ते अमेरिका’ कार्यक्रममार्फत प्रसारण गरिएको थियो।

अध्यक्ष पोखरेलका अनुसार, “मनोज बस्नेतले नेपाली सञ्चार क्षेत्रमा मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रेरणादायी नेतृत्व प्रस्तुत गर्नुभएको छ। सत्य, नवीनता र जनसेवाको मर्मलाई आत्मसात गर्दै उहाँले नयाँ पुस्तालाई सही दिशामा अगाडि बढ्न प्रेरणा दिनुभएको छ।”

उनको नेतृत्वमा अन्नपूर्ण मिडिया नेटवर्कले प्रेस स्वतन्त्रताको रक्षाका साथै पीडितहरूको आवाज उठाउने र नयाँ पत्रकार पुस्तालाई हौसला दिने काम गरेको भन्दै प्रशंसा गरिएको छ। पोखरेलले भनेका छन्, “गाह्रो परिस्थितिमा पनि सत्यको पक्षमा अडिग रहन सक्ने, आशा दिने र मानवीय दृष्टिकोणसहित नेतृत्व गर्ने उहाँको गुणले यस सम्मानका लागि योग्य बनाएको हो।”

भिडियो सन्देशमा भनिएको छ, “मनोज, तपाईंको नेतृत्व, सत्यप्रतिको अडान र दूरदर्शी सोचप्रति हामी गहिरो सम्मान व्यक्त गर्छौं। तपाईंले देखाएको बाटोले अहिलेका मात्र होइन, भविष्यका पत्रकारहरूलाई पनि प्रेरणा दिनेछ।”

बाईस्ट्रिम्स एलएलसीले प्रत्येक वर्ष विश्वभरिका प्रभावशाली मिडिया व्यक्तित्वहरूलाई यो अवार्ड प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट