२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

अत्याधिक बर्षाको चेतावनीः पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च


४ श्रावण २०८२, आइतबार  

48
Shares

काठमाडौं । हाल नेपालभर मनसुन सक्रिय रहेकाले विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वी भागमा सरदर स्थानकै आसपास रहेको छ। यस प्रभावका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।

यिनै प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी प्राप्त भएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा अधिकांश स्थानमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा भारीदेखि अति भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ। आज राति पनि देशभर सामान्य बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, ती प्रदेशका केही स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने भएकाले जोखिम बढेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा रातिको समयमा पनि वर्षासहित हिमपात हुने सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएकोले त्यहाँ भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च भएको महाशाखाले जनाएको छ।

यस्ता सम्भावित विपद् जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आम नागरिक, स्थानीय प्रशासन तथा सरोकारवाला निकायलाई विशेष ध्यान दिन आग्रह गरिएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ