४ असार २०८३, बिहिबार । June 18, 2026

पूर्णिमा र मीनाको ह्याट्रिक, भुटानविरुद्ध नेपालको फराकिलो जित


३ श्रावण २०८२, शनिबार  

27
Shares

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा जारी प्रतियोगितामा नेपालले भुटानलाई ८–० को विशाल अन्तरले पराजित गर्दै अर्को शानदार जित दर्ता गरेको छ।

नेपालका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गोल गर्दा कुसुम खतिवाडाले पनि एक गोल थपिन्। भुटानको एक आत्मघाती गोलले नेपाललाई थप फाइदा मिल्यो। नेपालले पहिलो हाफमै आक्रामक खेल प्रस्तुत गर्दै ६–० को मजबुत अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुई गोल थप्दै खेल ८–० को नतिजामा टुंग्यायो।

खेल सुरु भएको पहिलो मिनेटमै मीनाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन्। त्यसपछि नवौं मिनेटमा समीक्षा राईको डिबक्सबाहिरबाट प्रहार गोलकिपरमार्फत गोलपोस्टमा छिरेपछि नेपालले अग्रता दोब्बर बनायो। १२औं मिनेटमा मीनाले आफ्नो दोस्रो गोल गर्दै स्कोर ३–० बनाइन्। २३औं मिनेटमा मीनाकै पासमा पूर्णिमाले सजिलो ट्याप इन गोल गर्दै नेपाललाई ४–० को अवस्थामा पुर्‍याइन्।

पहिलो हाफको इन्जुरी समयमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमाले हेडमार्फत गोल गर्दै ५–० को अग्रता दिलाइन्। त्यसको केही क्षणमै उनले आफ्नो ह्याट्रिक पूरा गर्दै पहिलो हाफ ६–० मा टुंग्याइन्। ६३औं मिनेटमा कुसुम खतिवाडाले सातौं गोल गरिन् भने लगत्तै ६४औं मिनेटमा मीनाले पनि ह्याट्रिक पूरा गर्दै स्कोरलाई ८–० मा पुर्‍याइन्। त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन।

डबल राउन्ड रोबिन फर्म्याटमा जारी प्रतियोगितामा भुटानसँगको यो दोस्रो भेटमा पनि नेपाल विजयी रह्यो। पहिलो भेटमा नेपालले भुटानलाई ६–१ ले हराएको थियो। यसअघि नेपाल बंगलादेशसँग ३–२ ले पराजित भए पनि श्रीलंकासँग लगातार दुई खेलमा ७–० को फराकिलो जित निकालेको थियो।

हालसम्म पाँच खेलमा नेपालले १२ अंक जोडेको छ भने बंगलादेशले चार खेलबाट समान १२ अंक बनाइसकेको छ। बंगलादेशले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

चार टोली सम्मिलित च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल सोमबार बंगलादेशसँग भिड्नेछ, जुन खेलले सम्भवतः उपाधिको टुंगो लगाउनेछ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा