१ आश्विन २०८३, बिहिबार । September 17, 2026

मनसुन सक्रियः भारी बर्षासहित देशभर मौसम परिवर्तन


२ श्रावण २०८२, शुक्रबार  

45
Shares

काठमाडौं । देशभर मौनसुनी प्रभाव सक्रिय रहँदा विभिन्न भूभागहरूमा वर्षा र चट्याङको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय प्रणाली र सरदर स्थानमा रहेको मौनसुन रेखाको असरले गर्दा मौसम परिवर्तन भएको हो। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा केही स्थानमा र अन्य क्षेत्रका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, यी चारवटा प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातसहितको वर्षाको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रहरूमा हावाहुरी चल्न सक्ने सम्भावनासमेत रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही भागहरूमा, मधेस प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानहरूमा हिमपातसहित वर्षा हुन सक्ने अनुमान छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्छ। शहरी तथा तराई क्षेत्रहरूमा पनि डुबानको खतरा रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ