२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

रास्वपाको नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग, निर्वाचन आयोगमा निवेदन


१ श्रावण २०८२, बिहिबार  

87
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिन्ह परिवर्तन गर्न माग गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन परेको छ।

आफूलाई सामाजिक अभियन्ता भन्दै आएका युवराज सफलले बिहीबार आयोगमा निवेदन दर्ता गराउँदै ‘स्वतन्त्र’ शब्द र ‘घण्टी’ चिन्ह हटाउन आग्रह गरेका हुन्। उनको दाबी अनुसार, ‘स्वतन्त्र’ भन्ने शब्द प्रयोगले स्वतन्त्र उम्मेदवारहरूको वैधानिक पहिचानमा आँच पुग्ने खतरा छ। निवेदनमा उल्लेख छ, “पार्टी स्वतन्त्र हुन सक्दैन, किनभने त्यसका निश्चित विचार, सिद्धान्त र नीतिहरू हुन्छन्। ‘स्वतन्त्र’ शब्दको प्रयोगले मतदातालाई भ्रममा पार्ने काम भएको छ।”

त्यसैगरी, चुनाव चिन्हको रूपमा प्रयोग भएको ‘घण्टी’को पनि सफलले विरोध जनाएका छन्। उनले घण्टी हिन्दू धर्ममा पूजा–आराधनाको प्रतीक भएकाले यसलाई राजनीतिक प्रयोजनमा प्रयोग गर्नु अनुचित भएको जिकिर गरेका छन्। सफलको भनाइमा, “धार्मिक आस्था र विश्वाससँग गाँसिएको प्रतीकलाई दलले चुनावी चिन्हको रूपमा प्रयोग गर्नु धर्मनिरपेक्षताको भावना विपरीत हो।”

गठबन्धनमा नजाने र स्वतन्त्र धारको रुपमा स्थापित हुँदै आएको रास्वपा अहिले संसदको चौथो ठूलो दलका रूपमा क्रियाशील छ। रवि लामिछानेको नेतृत्वमा स्थापना भएको यो पार्टी अल्प समयमै राष्ट्रिय तहमा प्रभावशाली शक्ति बनेको छ।

यो निवेदन निर्वाचन आयोगमा परेपछि यसको राजनीतिक र कानुनी असरबारे चासो बढेको छ। अब आयोगले यसमा के निर्णय लिन्छ भन्ने प्रतीक्षा गर्नुपर्नेछ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ११ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ