२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

वातावरणमैत्री बगैचा रिसोर्ट जसले एकल महिला र राउटे समुदायलाई सक्षम बनाउँदैछ



काठमाडौं । पोखराको लेकसाइड भन्नसाथ पर्यटकीय क्षेत्र भनेर सबैको मनमा आउँछ ।

जहाँ स्वदेशी तथा विदेशी पर्यटकको ओहोरदोहोर, भीडभाड, संगीत र कफी क्याफे रहेका छन् । पोखराको विशेषता बोक्ने नै लेकसाइड र तालै तालको सहर भनेर आम धारणा बनिसकेको छ ।  अझ भनौ पोखरा पुग्ने हरकोही एकपटक लेकसाइड पुग्ने र फेवातालमा डुंगा सयर गर्छन् ।

अब भने लेकसाइडमै पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले फरक अनुभूती गर्न पाउँने छन् । जोकोहीलाई तालले मात्र आकर्षण गर्दैन । सहर भित्र बनेका भौतिक संरचनालेसमेत लोभ्याउने गर्छ । 

वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको नवीनतम् उद्देश्यसहित लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक समिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैँचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याउने भएको छ । 

साउनको दोस्रो सातादेखि पूर्ण रूपमा सुचारु हुनेछ । पोखराको प्रकृति, वरिपरि रहेको डाँडाकाँडा तथा हरियालीको आभास रिसोर्टले समेत दिने भएको छ । बगैँचा रिसोर्ट वातावरणमैत्रीको आभास दिलाउने र प्लाष्टिकरहित तथा प्रदुषणमुक्त वातावरण बनाइ जैविकमैत्री अभियानसहित सञ्चालन हुँदैछ । 

एकल महिलाद्वारा निर्मित सामग्री, स्थानीय क्षेत्रमा पाइने काठ, ढुंगा र हस्तकलामा आधारित सामग्रीले बनाइएका बगैँचाले मानिसलाई पुन: प्रकृतिसम्म पुर्याउने ग्रुपका सञ्चालक सौगात थापा बताउँछन् ।

 ‘सहर भित्र पनि मानिसलाई प्रकृतिसँग नजिक राख्न सकिने उद्देश्य र वातावरणलाई जीवित तुल्याउन पनि बगैँचाले ठूलो योगदान पुर्याउने छ,’ उनले भने,’ बाहिरको कोलाहलबाट मुक्ति दिलाउन सक्नु र शान्त वातावरण तथा वातावरणको दीर्घकालीन विकासलाई लामो समयसम्म राख्नु बगैँचाको उद्देश्य हो ।’ 

नेपाली माटो सुहाउँदो नाम हुँदा बगैँचाले सुन्दर अर्थ बोकेको हुनाले प्रकृतिसँग नजिक बनाउन खोजिएको उनको भनाइ छ । बगैँचाले प्रकृतिप्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने निर्देशक थापाले बताए ।

मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान यो शैलीको हस्पिटालिटी व्यवसाय सुरू गरिएको थापाले खुलाए । यहाँ आउने पाहुनाले व्यवसायीक रूपमा चाहेको सब कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए । 

बगैँचा रिसोर्टको कोठमा न्यानो काठका टोन, बाहिरबाट पातलो प्रकाश र हस्तकलाबाट बनेका फर्निचरका सामग्री राखिएको छ । कोठाको सजावटलाई बढी आकर्षक बनाएको छ । बगैँचाले प्राकृतिक अनुकुलतालाई पहिलो प्राथमिकतामा राखेको छ । प्लास्टिकको प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ ।

‘वातावरणमैत्री बनाएर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्त्व हो भनेर सन्देश दिएका छौ,’ उनी भन्छन्,’ यहाँको सामग्रीहरू सबै वातावरणमैत्री रहेको छ । जसले गर्दा हाम्रो यहाँ आउनु हुने पाहुना र हामीले वातावरणलाई असर गर्दैनौ भनेर सन्देश पुर्‍याउँनेछौ ।‘ 

महिला सशक्तीकरणलाई पहिलो प्राथमिकतामा राखेर लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको उनी बताउँछन् । लैङ्गिक समानता तथा आर्थिक सबलीकरणलाई बढी ध्यान दिएको उनले प्रस्ट पारे । महिलाहरूले निर्माण गरेका सामग्रीहरू राखिएको छ । 
महिलाद्वारा निर्मित सामग्रीहरू विभिन्न जिल्लाबाट मगाएर रिसोर्टमा राखिएको छ ।

एकल महिलालाई आर्थिक रूपमा सक्षम बनाउन उहाँहरूको सामग्री रिसोर्टमा प्रयोग गरिएको उनले बताए । ‘हातले बनाएका सामग्री राखेका छौ,’ थापाले सुनाए,’ नेपालमा स्थानीय वस्तुहरू प्रयोगमा ल्याएका छौ। लोपोन्मुख राउटे समुदायले प्रयोग गर्ने भाडाकुँडा छन् ।’

 पछिल्लो समय जलवायु परिवर्तनको असर विश्वभर देखा पर्दै गएको छ । यसको असर नेपाल लगायत पोखरामा पनि देखा पर्न थालिसकेको छ । समयमा पानी नपर्ने तथा पानीको अभाव हुने जस्ता संकेत देखा पर्न थालिसकेका छन् । प्रकृतिको केही भर हुन्न भने जस्तै बगैँचाले अहिलेदेखि वर्षाको पानी संकलन गर्न थालिसकेको थापाले जानकारी दिए । 

उनी प्राकृतिक रूपमा सिर्जित पानीको प्रयोगलाई पहिलो प्राथमिकतामा राखिएको बताउँछन् । रिसोर्टलाई प्रदूषणमुक्त बनाउन इलेक्ट्रिक सवारीसाधन प्रयोग गरिएको छ । निर्देशक थापाले यातायातको रूपमा विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाइएको बताए ।

स्थानीय जैविक विविधतालाई संरक्षण गरेर वरिपरिको वातावरणलाई जगेर्ना गर्नु यस रिसोर्टको मुख्य उद्देश्य रहेको उनले बताए । 

थापाले रिसोर्टकै नाम अनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । उनले अगाडि थपे,’ नेपाली पारम्परिक उपचार पद्धतिबाट मसाज सेवा, ध्वनि उपचार ( साउन्ड हेलिङ् र सिङ्गिङ बाउल थेरापी) बगैंचाभित्र शान्त वातावरणमा हुने योग अभ्यासहरू र मानसिक पुनःस्थापनाका लागि समर्पित डिजाईन बगैंचाका विशेषता रहेका छन् ।‘

 यहाँको अर्को विशेषता भनेको स्थानीय जडीबुटीबाट तयार पारिएको विशेष चिया उपलब्ध गराइने उनले जानकारी दिए । अन्त कतै उपलब्ध नहुने यस बगैंचामा रिसोर्टमा मात्र चिया उपलब्ध हुन थापाले उल्लेख गरे । पोखरालाई तालै तालको सहर भनेर पनि चिनिन्छ । 

तर पर्यटन क्षेत्रमा बगैँचाले पोखराको परिचय बदल्ने उनको विश्वास छ । तालहरूमा शान्त बोटिङ र बगैंचामा रुखका छहारी तथा यसका हाँगाले पाहुनालाई आनन्द र शितलता प्रदान गर्ने धारणा थापाले सुनाए । बगैंचाको शान्त वातावरणले पाहुनालाई पुनः पोखराका लागि निम्ता दिइरहने उनको विश्वास छ । 

रिसोर्टको बनोट र संरचना फरक किसिमले बनाइएकाले पनि अझ बढी आकर्षण बढ्ने थापा बताउँछन् । बगैँचा पारिवारिकमैत्री रहेको उनले जानकारी दिए ।

‘यहाँ परिवारसहित मजाले घुमेर आनन्द लिन सक्न गरे हामीले यहाँ भित्र संरचना तयार गरेका छौ,’ उनले सुनाए,’ यहाँको विशेष सेवा परिवारमैत्री रहेको छ । जसले गर्दा पाहुनालाई आफ्नो घरमा बसेर आनन्द लिइरहेको जस्तो होस ।‘ 

बगैँचामा दुई रेष्टुरेण्ट रहेको छ । मरिच इन्डो–चाइनीज र कन्टिनेन्टल खाना पाइन्छ । उमामी रेष्टुरेण्ट जसले परिष्कृत प्यान–एशियनको स्वाद लिन पस्कने उनले जानकारी दिए ।

बगैँचामा “टारो” पूलसाइड बार रहेकाले बगैँचाको थप आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे । यहाँ पाइने खानाका परिकारका सामग्रीहरू बगैंचाको आफ्नै अर्गानिक फार्मबाट ल्याइने निर्देशक थापाले जानकारी दिए ।

मौसम अनुसारका उपलब्ध हुने तरकारी अन्य खाद्य सामग्री पाइने उनले प्रस्ट पारे । ‘रिसोर्टमा आउने पाहुनाका लागि स्टयान्डर्ड रूम, एक्जिक्युटिभ रूम, आर्बर सुइट, बगैंचा सुइट गरि अतिथिका लागि चार प्रकारका आकर्षक कोठाको प्रबन्ध गरिएको छ,’ उनले उत्साहित हुँदै भने,’ ३२ वटा कोठामै निजी बाल्कोनी रहेकाले रिसोर्टबाट हरियाली वातावरण दृश्यको अवलोकन गर्न सकिन्छ ।‘ 

रिसोर्टमा १५० देखि ३५० डलरसम्मका कोठाहरू पाइने थापाले जानकारी दिए । उनका अनुसार साढे चार रोपनी क्षेत्रफलमा र ७० करोड लागतमा सम्पन्न भएको छ ।

‘यो एउटा उद्यम नभइ मुलुकका लागि बगैंचा दर्शन रहेको छ । जहाँ मानिसलाई शान्त बनाएर योग मार्फत स्वस्थ्य तथा मजबुत बनाउने नयाँ योजनासहित आएका छौ,’ उनी दार्शनिक सुनिए,’ साँचो लक्जरी भनेको विचारशीलता हो, विचारले पनि मानिसलाई स्वस्थ्य बनाउन सकिन्छ भन्ने हाम्रो उद्देश्य हो । जहाँ विश्राम, पुनर्जागरण र सम्बन्धको समिश्रण हुन्छ । बगैंचा अभिव्यक्ति, भावनात्मक र अनुभवको स्वतन्त्रता पनि हो । यसलाई नेपालभित्रको भविष्यसूचकको संकेतका रूपमा लिन सकिन्छ ।‘

त्यसैगरी, ३१ एभिन्यु बाराही चोकमा ३१ पार्क पनि केही महिनापश्चात सञ्चालनमा आउने अंशुवाराका निर्देशक अविरल थापाले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको