२८ मंसिर २०८२, शनिबार । December 13, 2025

फिफा क्लब विश्वकप: पीएसजीलाई हराउँदै चेल्सीले जित्यो उपाधि



काठमाडौं । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि हात पारेको छ।

गएराति सम्पन्न फाइनलमा फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले विजयी चमक देखाएको हो। चेल्सीको सबै तीन गोल खेलको पहिलो हाफमै आएका थिए। टोलीका लागि कोल पाल्मरले दुई गोल गर्दै निर्णायक भूमिका निभाए भने जोआओ पेड्रोले थप एक गोल गरे।

चेल्सीको आक्रमण र समन्वयले पिएसजीको रक्षापंक्ति पूर्ण रूपमा कमजोर देखियो। खेलको ८५औं मिनेटमा पिएसजीका खेलाडी जोआओ नेभेजले रातो कार्ड पाएपछि टोली थप दवावमा पर्‍यो र बराबरीको सम्भावना पनि टाढिँदै गयो। चेल्सीका युवा फरवार्ड कोल पाल्मर प्रतियोगिताका स्टार खेलाडी बने।

उनले प्रतियोगिता भरि चार गोल र एक असिस्ट गर्दै गोल्डेन बुट अवार्ड जिते। उनको उत्कृष्ट प्रदर्शनले चेल्सीलाई उपाधि जित्न निर्णायक साथ दियो। विजेता चेल्सीलाई उपाधि प्रदान गर्ने विशिष्ट क्षण अझै उल्लेखनीय बन्यो, जब अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रफी हस्तान्तरण गरे।

यसले खेललाई थप रोचक र चर्चाको विषय बनायो।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले