काठमाडौं । देशभर हाल मनसुनी प्रणाली सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी पूर्वी भागमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास तथा पश्चिमी भागमा त्यसको केही उत्तरतिर फैलिएको छ । आज दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ । आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य केही भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्हरूको भनाइ छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागहरूमा वर्षासँगै हिमपातको जोखिम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।







प्रतिक्रिया