२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

टी–२० विश्वकपमा नेदरल्याण्ड्स र इटाली छनोट, स्कटल्याण्ड बाहिरियो



काठमाडौं । नेदरल्याण्ड्स र इटालीले युरोप क्षेत्रीय छनोट पार गर्दै भारत र श्रीलंकामा आयोजना हुने आगामी टी–२० विश्वकप २०२६ मा स्थान सुरक्षित गरेका छन्।

शुक्रबार भएको निर्णायक खेलमा इटाली नेदरल्याण्ड्ससँग ९ विकेटले पराजित भएपनि अंक तालिकाको आधारमा विश्वकपमा छनोट हुन सफल भयो। विजयी नेदरल्याण्ड्सले पनि टूर्नामेन्टको शिर्ष स्थानमा रहँदै विश्वकप यात्रा पक्का गर्‍यो। नेदरल्याण्ड्सले ४ खेलबाट ६ अंक जोडेर समूहको शीर्ष स्थान हासिल गर्‍यो भने इटाली ५ अंकसहित दोस्रो स्थानमा रहँदै विश्वकपमा पुग्यो।

यो नतिजाले जर्सीको सम्भावनालाई भने समाप्त गरिदियो। यदि नेदरल्याण्ड्सले १३५ रनको लक्ष्य १४.१ ओभरभन्दा अगावै पूरा गरेको भए, नेट रनरेटका आधारमा जर्सीले इटालीलाई पछि पार्ने सम्भावना थियो। तर नेदरल्याण्ड्सले सो लक्ष्य १६.२ ओभरमा पूरा गरेपछि इटालीको यात्रा सुनिश्चित भयो।

पहिले ब्याटिङ गर्दै इटालीले २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन बनायो। टोलीका लागि बेन मानेन्तीले ३० रन, ग्रान्ट स्टुवर्टले २५, ह्यारी मानेन्तीले २३ र कप्तान जो बर्न्सले २२ रनको योगदान दिए। बलिङतर्फ नेदरल्याण्ड्सका रूलोफ भान डर मर्वेले ३ विकेट लिए भने काइल क्लाइनले २ विकेट झारे। आर्यन दत्त र पाउल भान मिकरनले १-१ विकेट लिए।

जवाफी ब्याटिङमा नेदरल्याण्ड्सले मात्र १ विकेट गुमाउँदै १६.२ ओभरमा लक्ष्य भेटायो। म्याक्स ओ’डाउड ४७ रनमा अविजित रहे भने कप्तान स्कट एडवार्ड्सले नटआउट ३७ रन बनाए।

यसपटक टी–२० विश्वकपमा २०१६ यता लगातार सहभागी हुँदै आएको स्कटल्याण्ड भने छनोट हुन असफल रह्यो। स्कटल्याण्ड इटाली र जर्सीसँग हार्दै प्रतियोगिताबाट बाहिरिएको हो।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको