२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

टी-२०विश्वकप छनोटबाट बाहिरियो स्कटल्याण्ड, जर्सीको सम्भावना जीवितै


२७ असार २०८२, शुक्रबार  

162
Shares

काठमाडौं । स्कटल्याण्डले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागिता जनाउने सपना यसपटक अधुरै रह्यो।

युरोपियन छनोट अन्तर्गत नेदरल्याण्ड्समा बिहीबार भएको रोमाञ्चक खेलमा जर्सीसँग १ विकेटले पराजित भएपछि स्कटल्याण्ड विश्वकपको दौडबाट बाहिरिएको हो। १३४ रनको लक्ष्य पछ्याएको जर्सीले खेलको अन्तिम ओभरको अन्तिम बलमा नाटकीय जित निकाल्दै स्कटल्याण्डलाई लगातार दोस्रो हार चखाएको थियो।

४ खेलबाट केवल ३ अंक संकलन गर्न सकेको स्कटल्याण्ड यसपटक विश्वकपको मुख्य चरणमा स्थान बनाउन असफल रह्यो। यो पराजयसँगै सन् २०१६ यता लगातार टी–२० विश्वकप खेल्दै आएको स्कटल्याण्डको निरन्तरता यसपटक रोकिएको छ। उता, जर्सीका लागि भने यो जित निकै महत्वपूर्ण बन्यो। उक्त जितले जर्सीलाई विश्वकप छनोटको सम्भावनामा जीवित राखेको छ। अब त्यसको भविष्य इटली र नेदरल्याण्ड्सबीच आजै हुने खेलको नतिजाले तय गर्नेछ।

यदि इटालीले नेदरल्याण्ड्सलाई पराजित गर्न सफल भयो भने जर्सी सिधै विश्वकपमा छनोट हुनेछ। तर, यदि नेदरल्याण्ड्सले इटलीलाई ठूलो अन्तरले हरायो भने, नेट रनरेटका आधारमा जर्सीले पनि छनोट हुने मौका राख्दछ। हालको अंकतालिका अनुसार, इटालीले ३ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा छ। जर्सीले ४ खेलबाट ५ अंक बटुलेको छ तर नेट रनरेटमा पछि छ।

तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले ३ खेलबाट ४ अंक जोडेको छ। उसले स्कटल्याण्डसँग पराजय ब्यहोरेको थियो भने जर्सी र गुएर्नसेलाई पराजित गरेको थियो।

अब इटली र नेदरल्याण्ड्सको भिडन्तले न केवल ती दुई टिमको भविष्य निर्धारण गर्नेछ, तर जर्सीको पनि विश्वकप यात्रा सुनिश्चित वा अन्त्य गर्नेछ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ