काठमाडौं । लामो समयदेखि बजेट प्रक्रिया अल्झिरहेकै बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन्।
महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंका अनुसार बैठक आगामी शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको छ। बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने र त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक सञ्चालन हुनेछ।
ती दुवै समितिको छलफलपछि कार्यपालिका बैठक बस्ने र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेस गर्ने निर्णय हुने बताइएको छ।
बजेट प्रक्रियामा देखिएको गतिरोधपछि यस पटकको कार्यपालिका बैठकले ठोस निर्णय ल्याउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया