७ चैत्र २०८२, शनिबार । March 22, 2026

फिफा क्लब विश्वकप फाइनलमा पीएसजी, रियल मड्रिड ४–० ले पराजित


२६ असार २०८२, बिहिबार  

255
Shares

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।

बुधबार सम्पन्न सेमिफाइनलमा स्पेनिस जायन्ट रियल मड्रिडलाई ४–० को ठुलो अन्तरले पराजित गर्दै पीएसजी उपाधिनजिक पुगेको हो। खेलको सुरुवाती २४ मिनेटमै पीएसजीले ३ गोल गर्दै रियल मड्रिडको डिफेन्स लाइन भत्काइदियो। छैटौं मिनेटमा फाबियन रुइसले पहिलो गोल गरे भने नवौं मिनेटमा ओस्मान डेम्बेलेले गोल थप्दै अग्रता दोब्बर बनाए।

त्यसपछि २४औं मिनेटमा रुइसले पुन: गोल गर्दै पीएसजीलाई सशक्त स्थिति बनाइदिए। खेलको अन्त्यतिर, ८७औं मिनेटमा गोनसालो रामोसले चौथो गोल थप्दै जित सुनिश्चित गरे। रियल मड्रिडका डिफेन्डरहरूबाट गरिएको गल्तीका कारण उनीहरूले सम्भावित गोलका अवसर खेर फाले।

पीएसजीका स्टार स्ट्राइकर किलियन एम्बाप्पे पहिलो रोजाइमा खेले पनि खासै प्रभाव जमाउन सकेनन्। रियल मड्रिडका अनुभवी मिडफिल्डर लुका मोड्रिचले ६४औं मिनेटमा मैदानमा प्रवेश गरे पनि खेलको गति परिवर्तन गर्न सकेनन्। अब पीएसजीले फाइनलमा इंग्लिस क्लब चेल्सीसँग उपाधिका लागि भिड्नेछ।

यो खेल आइतवार अमेरिकाको न्यू जर्सीमा आयोजना हुनेछ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत फाइनल खेलमा उपस्थित हुने चर्चा चलेको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ७ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो