२२ माघ २०८२, बुधबार । February 4, 2026

जोसेफ स्कुलद्वारा एसईईमा उत्कृष्ट विद्यार्थी र अभिभावकलाई सम्मान



काठमाडौं । राजधानीको जोसेफ हाई स्कुल तथा इन्टरनेशनल जोसेफ पब्लिक स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, उनीहरूका अभिभावकहरू र लामो समयदेखि सेवा पुर्‍याएका शिक्षक–शिक्षिकाहरूलाई सम्मान गरेको छ।

स्कुलले सोमबार आयोजना गरेको सम्मान तथा बधाई समारोहमा २०८१ सालको एसईई परीक्षामा जोसेफ हाई स्कुलबाट सहभागी भएका ९० जना विद्यार्थीमध्ये ७ जनाले जिपिए ४ प्राप्त गरेका छन् भने अन्य सबै विद्यार्थीहरू ए प्लस ग्रेडसहित उत्तीर्ण भएका छन्। त्यस्तै इन्टरनेसनल जोसेफ पब्लिक स्कुलका ४७ विद्यार्थीमध्ये ३ जनाले जिपिए ४, ३७ जनाले ए प्लस र ७ जनाले ए ग्रेड प्राप्त गर्दै शतप्रतिशत उत्तीर्ण परिणाम ल्याएका छन्।

समारोहमा स्कुलमा २५ वर्षभन्दा लामो समयदेखि सेवा पुर्‍याएका शिक्षक–शिक्षिकाहरूलाई विशेष सम्मान गरिएको थियो। त्यसैगरी विद्यार्थीहरूसँगै उनीहरूका अभिभावकहरूलाई पनि सम्मान गरिँदै उनीहरूको सहकार्य र योगदानको कदर गरिएको थियो।

कार्यक्रमका क्रममा स्कुलका संस्थापक तथा प्रिन्सिपल सूर्यबहादुर अधिकारीले जोसेफ स्कुल सन् २०५३ सालमा स्थापना भएको र इन्टरनेशनल जोसेफ पब्लिक स्कुल सन् २०६३ सालदेखि सञ्चालनमा आएको जानकारी गराउँदै भने, “हाम्रो २८ वर्षको शिक्षण यात्रामा सर्वसुलभ र गुणस्तरीय शिक्षामा हामी प्रतिबद्ध छौँ। कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा गुणस्तरीय शिक्षा दिँदै आएका छौँ। जिपिए ४ ल्याउने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ।”

उक्त अवसरमा शिक्षा र मनोरञ्जनको सहकार्यका रूपमा चलचित्र ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ पनि सार्वजनिक गरिएको थियो। कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतमा सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत रहेको छ। राजधानीको जोसेफ स्कुलसँग ‘एजुकेसन टाइ अप’ गर्दै सार्वजनिक गरिएको गीत चलचित्र मोहरबाट सार्वजनिक गरिएको हो।

फिल्म ‘मोहर’ देउकी प्रथाको कथामा आधारित रहेको छ। यस चलचित्रका निर्माता तथा फिल्म मेकरस प्रालिका अध्यक्ष चुम्बन जङ शाह हुन्, जो रोटरी क्लब अफ पशुपति–काठमाडौं का पूर्व अध्यक्ष पनि हुन्। चलचित्रमा गिरिराज घिमिरे मुख्य सहायक निर्देशकको भूमिकामा छन् भने लक्ष्मणराज पौडेलले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन्।

कार्यक्रममा करिब ५०० भन्दा बढी विद्यार्थी, अभिभावक तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल