२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

रसुवा बाढीले ट्रक र कन्टेनर व्यवसायीहरूलाई गहिरो असर पारेको महासंघको ठहर



काठमाडौं । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन सिमाना जोड्ने मितेरी पुल अविरल वर्षासँगै आएको बाढीले पूर्णरुपमा क्षति पुर्‍याएपछि नेपाल–चीन नाका बन्द भएको छ।

सोमबार राति करिब ३ बजे मित्र राष्ट्र चीनतर्फको क्षेत्रमा परेको भारी वर्षाका कारण आएको बाढीले टिमुरेस्थित सुक्खा भन्सारको यार्डमा रहेका सयौं सवारीसाधन, कन्टेनर बगाएको र ३५ भन्दा बढी सवारीसाधन पानीमा डुबेको नेपाल ट्रक व्यवसायी महासंघले जनाएको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलद्वारा जारी विज्ञप्तिमा बाढीका कारण दर्जनौं सवारी चालक, सह–चालक तथा मजदुरहरु बेपत्ता भएको र राजमार्गसमेत व्यापक रूपमा क्षतिग्रस्त भएपछि मालवाहक यातायात सेवा पूर्ण रूपमा ठप्प भएको उल्लेख गरिएको छ। उनले गन्तव्यतर्फ जानुपर्ने सवारी चालक तथा व्यवसायीहरुलाई बाटोको अवस्थाबारे पूर्ण जानकारी लिएपछि मात्र सवारी सञ्चालन गर्न आग्रह गर्दै अहिलेको अवस्थालाई अति जोखिमपूर्ण रहेको जानकारी गराएका छन्।

“धनजनको ठूलो क्षति भएको छ। कैयौं व्यक्तिले अकालमा ज्यान गुमाएका छन् भने कैयौं घाइते भएका छन्,” विज्ञप्तिमा उल्लेख छ, “अकालमा मृत्युवरण गर्नेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।”

महासंघले बेपत्ताहरुको तत्काल खोजी र घाइतेहरुको उपचारको व्यवस्था गर्न सरकारसँग अपिल गरेको छ। साथै, बाढी र पहिरोसम्बन्धी यथार्थ विवरण यथाशीघ्र सार्वजनिक गर्नसमेत अनुरोध गरिएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको