२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

धुन्चे–स्याफ्रुबेसी सडक पहिरोले अवरुद्ध


२५ असार २०८२, बुधबार  

15
Shares

रसुवा । रसुवाको धुन्चे–स्याफ्रुबेसी सडकखण्ड पुनः पहिरोको चपेटामा परेको छ।

ठूलो भार्खु भन्ने स्थानमा मंगलबार बिहानै आएको पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो। प्रहरी तथा सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको भए पनि लगातार पहिरो झरिरहेकाले सडक खुलाउन समय लाग्ने जनाएको छ। त्यसैगरी, तिब्बततर्फ बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले स्याफ्रुबेसी–रसुवागढी सडक खण्डसमेत क्षतिग्रस्त बनाएको छ।

बाढी र पहिरोका कारण हालसम्म ९ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता रहेका छन्। बाढीले पुल, सडक, भन्सार कार्यालय, मालवाहक र निजी सवारी साधनहरूमा ठूलो क्षति पुर्याएको छ। सडक संरचना भत्किएको कारण उद्धार तथा राहत कार्यमा कठिनाइ भइरहेको सुरक्षाकर्मीहरूले जनाएका छन्।

प्राकृतिक प्रकोपले लगातार असर पारिरहेको रसुवा जिल्लामा जनधनको क्षति बढ्न नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायलाई अझ सतर्कता अपनाउनुपर्ने देखिएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ