२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

स्वेदश फर्कँदै नेपाली महिला फुटबल टोली


२३ असार २०८२, सोमबार  

54
Shares

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अभियान सकेर नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार बिहान स्वदेश फर्किंदैछ।

ज्बेकिस्तानबाट यात्रामा निस्किएको टोली अहिले युएईको शारजाहमा ट्रान्जिटमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ। समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गर्दै शानदार सुरुआत गर्यो। तर निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँगको प्रतिस्पर्धामा नेपालले दुर्भाग्यपूर्ण हार भोग्नुपर्‍यो।

३–१ को अवस्थाबाट पुनरागमन गर्दै ३–३ को बराबरी गरेपनि, टाइब्रेकर अर्थात् पेनाल्टी सुटआउटमा नेपाल चुक्यो र एसियन कपको यात्रा यहीँ समाप्त भयो। यद्यपि, खेलाडीहरूको जोश, संघर्ष र प्रतिबद्धताले नेपाली फुटबलको भविष्यमा आशा र आत्मविश्वास थपेको छ।

स्वदेश फर्किँदै गरेको टोलीलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ