२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

देशभर मनसुनी प्रभाव : वर्षा, बाढी र पहिरोको जोखिम उच्च



काठमाडौं । देशभर हाल सक्रिय रहेको मनसुनी वायुसँगै भारतको पश्चिम बंगाल क्षेत्रको न्यून चापीय प्रणालीको आंशिक असर पनि देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसले गर्दा मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै सक्रिय रहेको छ। महाशाखाका अनुसार आइतबार बिहानसम्म बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहँदा अन्य भू-भागहरूमा आंशिक बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। विशेषगरी सुदूरपश्चिमका धेरै स्थान, साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। मधेस प्रदेशका थोरै स्थानहरू पनि प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ।

साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भू-क्षय र गेग्रान बहावको उच्च जोखिम रहेको चेतावनी दिएको छ।

तराई तथा सहरी क्षेत्रहरूमा डुबानको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ। साथै, नदी, नाला तथा खोलामा पानीको सतह बढ्न सक्ने, र त्यसको असरले यातायात, कृषि, स्वास्थ्य, पर्यटन तथा निर्माण कार्य प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी र सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको