२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आजको मौसमः भारी बर्षासँगै बाढी र पहिरोको जोखिम



काठमाडौं । हाल नेपालभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै रहँदा अधिकांश भूभागमा बदली र वर्षाको अवस्था देखिएको हो। बिहानदेखि नै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली छ भने अन्य भूभागमा आंशिक बदलीको अवस्था छ।

कतिपय पहाडी भागहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेष गरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेकोले ती क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ। आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

ती पाँच प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूमा र कोशी, बागमती, लुम्बिनीका एक–दुई ठाउँमा भारीदेखि अत्यधिक वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।

साथै, जोखिमयुक्त क्षेत्रका नागरिकहरूलाई पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरिएको छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको