२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एनपीएल दोस्रो संस्करण: सन्दीपले विराटनगरबाटै खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा पनि विराटनगर किङ्सबाटै मैदान उत्रिने भएका छन् ।

विराटनगर फ्रेन्चाइजले शनिबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई ‘मार्की खेलाडी’को रूपमा टिममा रिटेन गरिएको जानकारी गराएको हो । सन्दीप पहिलो संस्करणमा पनि विराटनगरको कप्तान थिए । यद्यपि, टिमको प्रदर्शन भने सन्तोषजनक देखिएन । ८ टिम सहभागी उक्त सिजनमा विराटनगरले ७ खेलमध्ये २ खेलमा मात्र जित निकाल्दै सातौं स्थानमा सन्तोष मान्नु परेको थियो ।

गत सिजन विराटनगरबाट लोकेश बम, बसिर अहमद, कमल खत्री, दिपक बोहरा, सुवास भण्डारी, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, प्रतिश जीसी र नरेन भट्ट मैदान उत्रिएका थिए । तीमध्ये ६ खेलाडीलाई यसपटक पुनः रिटेन गरिने तयारी छ ।

एनपीएलको नियमअनुसार फ्रेन्चाइजहरूले एक जना मार्की खेलाडीसहित कुल ७ खेलाडीलाई रिटेन गर्न पाउने व्यवस्था छ । बाँकी टिम निर्माणका लागि आगामी अगस्टमा ‘मिनी अक्सन’ आयोजना हुने तय भएको छ ।

सन्दीपको पुनरागमनसँगै विराटनगर किङ्स यसपटक बलियो उपस्थितिका साथ पुनरागमन गर्ने तयारीमा देखिएको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको