२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एसियन कप छनोट: निर्णायक खेलमा उज्बेकिस्तानसँग भिड्दै नेपाल


२१ असार २०८२, शनिबार  

117
Shares

काठमाडौं । एएफसी महिला एसियन कप छनोटको समूह एफ अन्तर्गतको अन्तिम खेलमा आज नेपाल र उज्बेकिस्तानबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

तास्केन्तस्थित मिल्ली स्टेडियममा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुने खेल समूह विजेता बन्ने तथा आगामी वर्ष अष्ट्रेलियामा हुने महिला एसियन कपमा स्थान सुरक्षित गर्ने निर्णायक मौका हुनेछ । समूह चरणमा दुवै टोली अपराजित छन् । नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको छ भने, उज्बेकिस्तानले श्रीलंकालाई १०–० र लाओसलाई ७–० को फराकिलो जित दर्ता गरेको छ । दुवैले समान ६ अंक, १७ गोल र गोलअन्तर बनाएका छन् ।

अझ रोचक त के छ भने— दुवैले अहिलेसम्म एकपटक पनि गोल खानु परेको छैन । यी तथ्यांकले स्पष्ट देखाउँछ कि आजको खेल बराबरीमा सकिएमा नतिजा पेनाल्टी सुटआउटमार्फत टुंग्याइनेछ । प्रतियोगिता नियम अनुसार यस्तो अवस्थामा टाईब्रेकरको सहारा लिइनेछ ।

नेपालका लागि यो खेल विशेष महत्वको छ । यदि नेपाल विजयी हुन्छ भने, २६ वर्षपछि (पछिल्लो पटक सन् १९९९ मा सहभागी) महिला एसियन कपमा पुन: सहभागिता जनाउने ऐतिहासिक अवसर हुनेछ । यता, उज्बेकिस्तानले सन् २००३ पछि एसियन कप खेलेको छैन ।

साथै, यो प्रतियोगिता फिफा महिला विश्वकप र ओलम्पिक फुटबलको छनोट प्रक्रिया समेत भएकाले आजको भिडन्त दुवै टोलीको भविष्य निर्धारण गर्ने चरणमा पुगेको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ