२३ जेष्ठ २०८३, शनिबार । June 6, 2026

अविरल वर्षाले भत्कियो कर्णाली राजमार्ग, ठूला सवारीमा रोक


२० असार २०८२, शुक्रबार  

78
Shares

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ स्थित गोठिभिर क्षेत्रमा सडक भत्किँदा ठूला सवारी साधनको आवागमन रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार शुक्रबार बिहानको वर्षासँगै सडक भत्किएपछि ठूलो साइजका गाडीहरू सञ्चालनमा रोक लगाइएको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावलले यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै भने, “लगातारको वर्षाले राजमार्गमा यात्रा जोखिमपूर्ण बनेको छ, यात्रुहरू आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ।”

राजमार्ग अवरुद्ध हुँदा स्थानीय बासिन्दा र यात्रुहरूलाई कठिनाइ भएको छ भने सडक मर्मतका लागि सरोकारवाला निकायलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १२ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६