२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

लिभरपुलका स्टार डियागो जोटाको कार दुर्घटनामा परि मृत्यु


१९ असार २०८२, बिहिबार  

99
Shares

काठमाडौं । स्पेनमा भएको एक दुखद कार दुर्घटनामा लिभरपुल फुटबल क्लबका चर्चित फरवार्ड डियागो जोटाको निधन भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जोटा आफ्नो जन्मस्थान पोर्चुगलको पोर्टोबाट यात्रा गरिरहेका बेला दुर्घटनामा परेका हुन्। २८ वर्षीय जोटा आफ्नो भाइ आन्द्रे जोटासँग सँगै यात्रा गरिरहेका थिए । २६ वर्षीय आन्द्रे पनि फुटबल खेलाडी नै थिए । दुर्भाग्यवश, यो दुर्घटनामा दुबैको ज्यान गएको पुष्टि गरिएको छ।

डियागो जोटा सन् २०२० मा इंग्लिस क्लब उल्भ्सबाट लिभरपुलमा ४.१ करोड पाउन्डमा अनुबन्ध भएका थिए । उनले आफ्नो उत्कृष्ट प्रदर्शनद्वारा क्लब तथा देश दुबै तर्फबाट महत्वपूर्ण योगदान दिएका थिए ।

उनको असामयिक निधनले फुटबल जगतमा शोकको छाँया छाएको छ। क्लब, समर्थकहरू र फुटबलप्रेमीहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ