२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

लिभरपुलका स्टार डियागो जोटाको कार दुर्घटनामा परि मृत्यु



काठमाडौं । स्पेनमा भएको एक दुखद कार दुर्घटनामा लिभरपुल फुटबल क्लबका चर्चित फरवार्ड डियागो जोटाको निधन भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जोटा आफ्नो जन्मस्थान पोर्चुगलको पोर्टोबाट यात्रा गरिरहेका बेला दुर्घटनामा परेका हुन्। २८ वर्षीय जोटा आफ्नो भाइ आन्द्रे जोटासँग सँगै यात्रा गरिरहेका थिए । २६ वर्षीय आन्द्रे पनि फुटबल खेलाडी नै थिए । दुर्भाग्यवश, यो दुर्घटनामा दुबैको ज्यान गएको पुष्टि गरिएको छ।

डियागो जोटा सन् २०२० मा इंग्लिस क्लब उल्भ्सबाट लिभरपुलमा ४.१ करोड पाउन्डमा अनुबन्ध भएका थिए । उनले आफ्नो उत्कृष्ट प्रदर्शनद्वारा क्लब तथा देश दुबै तर्फबाट महत्वपूर्ण योगदान दिएका थिए ।

उनको असामयिक निधनले फुटबल जगतमा शोकको छाँया छाएको छ। क्लब, समर्थकहरू र फुटबलप्रेमीहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको