२२ माघ २०८२, बुधबार । February 4, 2026

साम्बाको ह्याट्रिकमा श्रीलङ्कामाथि नेपालको ऐतिहासिक जित



एजेन्सी । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को शानदार ह्याट्रिकसहित नेपालको महिला फुटबल टोलीले एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा श्रीलङ्कामाथि एकतर्फी प्रदर्शन गर्दै ८–० को फराकिलो जित हात पारेको छ।

उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा सम्पन्न प्रतिस्पर्धामा नेपालले दोस्रो जितसँगै समूह चरणमा शतप्रतिशत अंक जोडेको छ। नेपालले यसअघि पहिलो खेलमा लाओसलाई ९–० ले पराजित गरेको थियो। दुई खेलमा १७ गोल गर्दै गोलान्तरमा पनि नेपालले स्पष्ट अग्रता लिएको छ।

खेलको सातौँ मिनेटमै नेपालले अग्रता बनायो, जब अनिता बस्नेतको कर्नरमा गीता रानाले हेडमार्फत गोल गरिन्। त्यसपछि २०औँ मिनेटमा कप्तान साम्बाले व्यक्तिगत प्रयासमा दोस्रो गोल थपिन्। ४२औँ मिनेटमा उनले दोस्रो गोल गरेपछि, पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पूरा गरिन्।

खेलको दोस्रो हाफमा पनि नेपाली खेलाडीको आक्रमण जारी रह्यो। ५३औँ मिनेटमा रश्मी घिसिङमाथि गरिएको फउलपछि नेपालले पेनाल्टी पायो, जसलाई गीता रानाले सजिलै गोलमा परिणत गरिन्। त्यसपछि ६२औँ मिनेटमा निशा थोकरले हेड गोल गरिन्। ७८औँ मिनेटमा सब्स्टिच्युट पूजा रानाको क्रसमा अर्की सब्स्टिच्युट रेखा पौडेलले गोल गरिन्।

खेलको अन्तिमतिर, ८९औँ मिनेटमा पूजाले नै व्यक्तिगत गोल गर्दै नेपालको जितलाई ८–० मा पुर्‍याइन्। अब नेपालले समूह चरणको अन्तिम खेल शनिबार घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ।

श्रीलङ्काका लागि भने यो लगातार दोस्रो हार हो—पहिलो खेलमा उनीहरू उज्वेकिस्तानसँग १०–० ले पराजित भएका थिए।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल