२३ बैशाख २०८३, बुधबार । May 6, 2026

फिफा क्लब विश्वकप: बायर्नलाई हराउँदै बेनफिका अन्तिम १६ मा


११ असार २०८२, बुधबार  

207
Shares

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक खेलमा पोर्चुगलको क्लब बेनफिकाले जर्मन जायन्ट बायर्न म्युनिखमाथि १-० को सनसनीपूर्ण जित दर्ता गर्दै समूह विजेता बनेर अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

खेलको १३औं मिनेटमा बेनफिकाका आन्द्रेस सेल्डरुपले गरेको गोल नै खेलको निर्णायक बन्यो। त्यसपछि दुबै टोलीले प्रयास गरे पनि थप गोल हुन सकेन। यसअघि नै नकआउट चरणमा पुगिसकेको बायर्न म्युनिख शतप्रतिशत जितको यात्रालाई कायम राख्न असफल रह्यो।

समूह ‘सी’ कै अर्को खेलमा अकल्याण्ड सिटी एफसी र अर्जेन्टिनी क्लब बोका जुनियर्सबीचको प्रतिस्पर्धा १-१ गोलको बराबरीमा टुंगिएको छ। यो नतिजासँगै दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन्। बेनफिकाले ३ खेलमा २ जित र १ बराबरीसहित ७ अंक जोड्दै अपराजित रह्यो र समूहको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनायो। बायर्न म्युनिख ६ अंकसहित दोस्रो स्थानमा रह्यो। बोका जुनियर्सले २ र अकल्याण्ड सिटीले १ अंक मात्र बटुल्न सके।

बेनफिकाको यो जितले प्रतियोगिताको प्रतिस्पर्धा थप रोमाञ्चक बनाएको छ, विशेषगरी यस्तो ठूला नामहरूमाथि उत्कृष्ट प्रदर्शन देखाउँदा फ्यानहरू उत्साहित बनेका छन्।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट