काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिंगापुरले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ।
खेल मलेसियाको युकेएम ओभल मैदानमा भइरहेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो। टोलीका कप्तान रियन नायकले ५३ रनको उत्कृष्ट पारी खेले भने ओपनर आहान भुधानभामले ३८ रन जोडे। अर्का ओपनर रोशन अरुन ११ रनमै पवेलियन फर्किए।
नेपालका लागि कप्तान बिपिन शर्माले बलिङतर्फ शानदार प्रदर्शन गर्दै ४ विकेट लिए। यस्तै, सचिन भट्टले ३ विकेट लिए भने शुभम खनाल र अभय यादवले समान १–१ विकेट हात पारे। प्रतियोगिता एसियाली क्रिकेट परिषद् (एसीसी) को वार्षिक तालिकाअनुसार सञ्चालन भएको हो। कुल १० टोली सहभागी यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। उक्त समूहमा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन्।
त्यस्तै समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार समावेश छन्। अहिले नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ।







प्रतिक्रिया