२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान


६ असार २०८२, शुक्रबार  

153
Shares

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ ले उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो प्रदर्शनको एक सय दिन पुरा गरेको छ।

यो नेपाली सिनेमाको लागि निकै सकारात्मक संकेत मानिन्छ। शुक्रबारबाट यो फिल्म ७ वटा चलचित्र घरहरूमा लगातार प्रदर्शन हुँदै एक सय दिन पार गर्न सफल भएको हो। प्रदर्शन जारी रहेका हलहरूमा काठमाडौँको क्युएफएक्स सिटी स्क्वायर मल (सामाखुसी), कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवनको म्याङ्गो जनज्योति सिनेमा, र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स रहेका छन्।

निर्देशक मिलन चाम्स ले दर्शकहरूको माया र साथप्रति आभार व्यक्त गर्दै चलचित्रको सफलताको श्रेय आम दर्शकलाई दिएका छन्। हालसम्म ‘अञ्जिला’ ले १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको बताइएको छ, जुन नेपाली फिल्म उद्योगको सन्दर्भमा निकै सन्तोषजनक उपलब्धि हो।

फिल्म राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित छ। यो बायोपिकमा एन्जिला स्वयम्‌ले नै मुख्य भूमिका निर्वाह गरेकी छिन्, जसले फिल्मलाई अझ वास्तविक र प्रेरणादायी बनाएको छ। फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, र प्रेमकुमार श्रेष्ठ जस्ता कलाकारहरूको दमदार अभिनय पनि देख्न सकिन्छ।

‘अञ्जिला’ले नेपाली फिल्म क्षेत्रमा महिला केन्द्रित, प्रेरणादायी र सशक्त कथावस्तु प्रस्तुत गर्न सकिने सम्भावनालाई पुष्टि गरिदिएको छ। एक सय दिनको निरन्तर प्रदर्शनले फिल्मप्रति दर्शकको आकर्षण अझै कायम रहेको संकेत गर्दछ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ