२० बैशाख २०८२, शनिबार । May 3, 2025

विश्वकप फुटबलका लागि स्पेनको टोली घोषणा



एजेन्सी । नोभेम्बर २० बाट कतारमा हुने फिफा विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २६ सदस्यीय टिम घोषणा गरेको छ ।

स्पेनका प्रमुख प्रशिक्षक लुइस एनरिकेले युवा खेलाडीलाई समेटेर टिम घोषणा गरेको हो । स्पेनको टिममा भेट्रान डिफेण्डर तथा पूर्व कप्तान सर्जियो रामोस भने समावेश भएनन् । स्पेनको नयाँ टिममा गोलकिपर उनाई सिमोन, रोवर्ट सान्चेस र डेभिड राय रहेका छन् । त्यस्तै डिफेण्डरमा ड्यानी कार्भाजल, सेसार आज्पिलिकुएटा, एरिक गार्सिया, पाउ टोरेस, ह्युगो गुइलामोन, एमेरिक लापोर्टे, जोर्डी अल्बा र जोसे गाया छन् ।

मिडफिल्डरमा सर्जियो बुस्केट, रोड्री, गाभी, कार्लोस सोलर, मार्कस लोरेन्टे, पेड्री र कोके त्यसैगरि फरवार्डमा येमेरी पिनो, फरान टोरेस, निको विलियम्स, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो साराविया, ड्यानी ओल्मो र अंशु फाती सहितका युवा खेलाडिहरुलाई समेटेर स्पेनले विश्वकपको उपाधि दावी सहित टिम घोषणा गरेको छ ।

स्पेन सन् २०१० को विश्वकप विजेता हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति