३ श्रावण २०८३, आइतबार । July 20, 2026

फिफा क्लब विश्वकप: एट्लेटिको मड्रिडको सानदार जित


६ असार २०८२, शुक्रबार  

42
Shares

एजेन्सी । फिफा क्लब विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को एक महत्वपूर्ण भिडन्तमा स्पेनको एट्लेटिको मड्रिडले अमेरिकाको सियाटल साउन्डर्सलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ।

खेलको सुरुवाती चरणमै २२ वर्षीय मिडफिल्डर पाब्लो बारियसले ११औं मिनेटमा पहिलो टचमै गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। जुलियानो सिमेओनेको पासलाई उनले उत्कृष्ट ढंगले भल्काउँदै जाली चुमाएका थिए। पहिलो हाफको अन्त्यतिर एट्लेटिकोले पेनाल्टीको माग गरे तापनि भिएआर जाँचपछि त्यसलाई अस्वीकृत गरियो। दोस्रो हाफको थालनीसँगै, ४७औं मिनेटमा एक्सेल विट्सेलले हेडमार्फत दोस्रो गोल थपे।

सियाटल साउन्डर्सले पनि केही आशा जगाउने प्रयास गरे। ५०औं मिनेटमा अल्बर्ट रुशनाकले गोल गर्दै स्कोर २–१ मा झारे। तर, त्यसपछि पनि एट्लेटिकोलाई रोक्न सकेनन्। ५५औं मिनेटमा फेरि बारियसले लामो थ्रो इनबाट आएको बललाई सजिलै गोलमा परिणत गर्दै खेलको निर्णय प्रष्ट बनाए।

सियाटलले खेलभरि केही अवसरहरू सिर्जना गरे तापनि, एट्लेटिकोका गोलकिपर यान ओब्लाकले चार निर्णायक बचाउ गर्दै आफ्नो टोलीलाई सुरक्षित राखे। यो जितसँगै एट्लेटिको मड्रिडले समूह चरणमा पीएसजीसँगको हारपछि पुनरागमन गर्दै अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना कायम राखेको छ।

सियाटल साउन्डर्स भने लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। अब उनीहरूको अन्तिम खेल पीएसजीविरुद्ध हुनेछ, जुन केवल सम्मान जोगाउने अवसर हुनेछ।

एट्लेटिको मड्रिडले आफ्नो आगामी खेल ब्राजिलियन क्लब बोटाफोगोसँग खेल्नेछ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर