१९ बैशाख २०८२, शुक्रबार । May 3, 2025

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पुगे पल शाह



काठमाडौं । कलाकार पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरमा पुनरावेदन दिएका छन् ।

नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालतले पललाई दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन दिएका हुन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

मुद्दाको दर्ता नम्बर दर्ता ०७९-सीएस-०३१२ रहेको छ । सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ । उनी हाल तनहुँ कारागारमा रहेका छन् । ०७८ गत ११ फागुनमा नाबालिगमाथि पटकपटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

त्यस्तै, यही आरोपसहित शाहविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो । उनले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति