२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आजको मौसमः देशभर बर्षा, बाढी र पहिरोको जोखिम


५ असार २०८२, बिहिबार  

36
Shares

काठमाडौं । देशका विभिन्न भूभागमा अहिले मनसुनी वायु, पश्चिमी प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव सक्रिय देखिएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पूर्वी तथा मध्य क्षेत्रहरूमा मनसुनी प्रणालीको प्रभाव स्पष्ट देखिएको छ भने, देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुले पनि आंशिक प्रभाव जमाइरहेका छन्। त्यस्तै, भारतको पश्चिम बंगाल क्षेत्र आसपास विकसित न्यून चापीय प्रणालीको समेत आंशिक असर नेपालमा देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि अत्यधिक वर्षा पनि हुने पूर्वानुमान गरिएको छ। उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात पनि हुन सक्नेछ। राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा, साथै अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना प्रवल देखिएको छ। त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा तथा अन्य प्रदेशका उच्च क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि छ। भारी वर्षा र हिमपातको सम्भावनाले जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले मौसम विज्ञान विभागले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

आजको मौसमः देशभर बर्षा, बाढी र पहिरोको जोखिमविशेषगरी जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पूर्वतयारी गर्न र मौसम जानकारी निरन्तर अपडेट गर्न सुझाव दिइएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ