२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आजको मौसमः सबै प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा मनसुनी वायुको प्रभाव देखिएको छ भने देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको असरस्वरूप देशभर अहिले आंशिकदेखि सामान्य बदली भएको छ। बागमती प्रदेशका केही ठाउँहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आकाश सामान्यदेखि पूर्ण रूपमा बदली हुने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरूमा र अन्य प्रदेशका केही भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्को वर्षासहित हिमपातको पनि सम्भावना छ।

आज राति पनि मौसम पूर्णतः बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य केही भागमा समेत चट्याङसहित वर्षा हुने सम्भावना कायम छ। विशेषगरी कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले सचेत रहन मौसम विभागले आग्रह गरेको छ।

विभागका अनुसार यस्तो मौसमी अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पुर्‍याउने सम्भावना भएकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको